मुद्दती निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा तल झर्यो
काठमाडौं । वाणिज्य बैंकहरूको अधिकतम ब्याजदर पुस महिनामा ५ प्रतिशतभन्दा तल झरेको छ । बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार औसत ब्याजदर ४.८३ प्रतिशत कायम भएको छ । मंसिरमा ५.०४ प्रतिशत थियो ।
तथ्यांकअनुसार २० वाणिज्य बैंकमध्ये १३ बैंकहरूले ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दु घटाएका छन् भने प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतविन्दु घटाएका छन्।
पुस महिनामा सात वाणिज्य बैंकहरूले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरूमा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक र एनएमबि बैंकले ब्याजदर परिवर्तन गरेका छैनन् ।
ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले सबैभन्दा धेरै ५.५ प्रतिशतसम्म ब्याज दिने भएका छन् । सबैभन्दा कम प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत ब्याज दिनेछ।
संस्थागत मुद्दति निक्षेपमा पनि ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशत घटेको छ । यद्यपी पाँच वटा वाणिज्य बैंकले मात्रै ब्याजदर घटाएका छन भने १५ वटाले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
केन्द्रस्य बैंकले व्यक्तिगत मुद्दती र संस्थागत निक्षेपको ब्याजदरको फरक एक प्रतिशतभन्दा धेरै हुनसक्ने व्यवस्था गरेपछि बैंकहरुलाई सुविधा मिलेको छ ।

Leave a comment