काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला १९०० रुपैयाँ बढेर २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँ बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ ।

Leave a comment