बैंकको खबर । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर २९ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । सोमध्ये १२.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित १२.५० प्रतिशत नगद लाभांश छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुने लघुवित्तले जनाएको छ ।

Leave a comment