काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर २९ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

Leave a comment