बैंकको खबर । एनएमबि बैंकले पुस २४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले साधारणसभाबाट गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्नेछ ।
बैंकले काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आफ्नो ३० औँ वार्षिक साधारणसभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ।
यस्तै, सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन र त्यहाँबाट पारित हुने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a comment