बैंकको खबर । नेपाल बैंकले ग्राहकलाई लक्षित गरी एफवात सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिका लागि ‘टपअप गरौं बोनस पाऔं’ अभियान सञ्चालन गरेको छ । यो अभियान पुस महिनाभर सञ्चालन हुने बैंकले जनाएको छ ।
अभियान अवधिभर बैंकले दुई सय रुपैयाँ वा सो भन्दामाथिको रकम मोबाइल बैंकिङ एपमार्फत टपअप गर्ने ८० जनालाई एक सय रुपैयाँका दरले बोनस प्रदान गर्नेछ । सोको घोषणा अभियान अवधिपछि गरिने बैंकले जनाएको छ ।
यो अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास गरिएको छ ।
हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकले २७ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ । यस्तै, करिब १० लाखग्राहकहरुले डिजिटल प्रविधिमार्फत बैकिङ सेवाबाट लाभान्वित हुँदै आएका छन् ।

Leave a comment