बैंकको खबर । नबिल बैंकले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले पुस २८ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे ४१ औँ वार्षिक साधारणसभा डाकेको हो ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिशन गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि गर्नेछ । यसबाहेक संस्थापक शेयरधनीहरुको तर्फबाट एक जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Leave a comment