काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज (पुस ७ गते) देखि आईपीओ निष्काशन गरेको छ । वैदेशिक रोजगारीमा रहेकाहरुलाई बिक्री गरिसकेपछि अब सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
कम्पनीले ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसामा आवेदन दिन मिल्नेगरी शेयर निष्काशन गरेको हो । बुक बिल्डिङ्ग निर्देशिका, बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिएर प्रतिशेयर ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।
लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
शेयर निष्काशन पुस ११ गतेसम्म हुनेछ । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment