बैंकको खबर । नेपाल बैंकका ग्राहकले ब्ल्याक हर्स ब्राण्डका जुत्ता खरिद गर्दा छुट पाउने भएका छन् । बैंक र जुत्ता उत्पादक उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिबीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौताअनुसार ब्ल्याक हर्स जुत्ता खरिद गर्दा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट हुनेछ । सेसम्बन्धी सम्झौतापत्रमा बैकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र उद्योगका प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
छुट पाउनका लागि बैंकको डिजिटल माध्यमबाट भुक्तानी गर्नुपर्नेछ । ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले ब्ल्याक हर्स ब्राण्डका जुत्ताहरु देशभर रहेका विक्रेताहरुबाट खरिद गर्दा सुपथ मूल्यमा खरिद गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

Leave a comment