काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ४२ सयले बढेर २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मको उच्च हो । यसअघि आइतबार सुन तोलाको २ लाख ७७ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ रुपैयाँले बढेर तोलाको ५८१० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a comment