काठमाडौं । आज (माघ ६ गते मंगलबार) विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो। जसमा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन दिएका थिए। त्यसमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएको छ ।
मागभन्दा धेरै आवेदन परेको कारण गोलाप्रथा मार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जसमध्ये ४६ हजार ६८१ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

Leave a comment