बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै विभिन्न कोषमारहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ लगानी गर्न लागेको जनाएको छ ।
यो पैसा २०२६ फेब्रुअर १ देखि २०२७ फेब्रुअरी १ (३६६ दिन)को मुद्दती निक्षेपमा राख्न लागेको हो । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले माघ ८ गते राती १२ बजेभित्र लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न सक्नेछन् ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ४ अर्ब ९४ लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुमा ७५ करोड १७ लाख रुपैयाँ र राष्ट्रिय स्तपरका फाइनान्स कम्पनीहरुमा २५ करोड ५ लाख रुपैयाँ निक्षेप राख्न लागेको हो ।

Leave a comment