काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त सातदोबाटोलाई सहयोग गरेको छ ।
लघुवित्तले प्रहरीको क्वीक रेस्पोन्स टिमलाई आवश्यक पर्ने २५ थान फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड, चेस्ट गार्ड र हेल्मेट हस्तान्तरण गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा चन्दलाई सो सामान हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रमममा प्रहरी नायब उपरीक्षक चन्दले संस्थाप्रती आभार प्रकट गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न यस्तो सामाग्रीले प्रहरीको मनोबल बढाउन संस्थाले महत्त्वपूर्ण भुमिका खोलेको बताए ।
लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहालले सातदोबाटो क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन, रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरी चेकिङ तथा गस्ती गर्दा जोखिम ब्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको बताए ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत १ लाख ५३ हजार भन्दा बढी विपन्न घरपरिवारहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Leave a comment