काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २९ सयले घटेर २ लाख ९२ हजार २०० मा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ५० रुपैयाँले घटेर ५८७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a comment