काठमाडौं । नेपाल लाइफ क्यापिटलले माघ ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ इकाई खरिदका लागि आवेदन अवधि लम्बिएको छ।
अब सो इकाई खरिदका लागि माघ १८ गतेसम्म आवेदन दिन सकिने छ। यद्यपि, मागभन्दा बढी आवेदन प्राप्त भएमा सो अगावै पनि सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री बन्द गर्न सकिनेछ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याएको हो।
नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।
निष्काशन गरिएको कुल १६ करोड इकाईको न्यूनतम १५ प्रतिशत इकाई वा २ करोड ४० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाई कोष प्रवर्धक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई र १ प्रतिशत अथवा १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १३ करोड ६० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।
उक्त योजनामा न्यूनतम १०० देखि १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment