काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। सो अवधिमा लघुवित्तको नाफा बढेको छ ।
लघुवित्तले ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको अवधिसम्ममा लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफामा सुधार देखिएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.०१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटे पनि सञ्चालन मुनाफा भने ६९.४८ प्रतिशत ले बढेको छ।
लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ६८ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ४७ पैसा बढेर १४ रुपैयाँ ८३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ १५ पैसा रहेको छ।
१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड २३ हजार रुपैयाँ सञ्चित छ। पहिलो ६ महिनासम्ममा लघुवित्तले ५ अर्ब १ करोड ३७ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Leave a comment