Home विचार मौलाउँदो अराजकताको चपेटामा लघुवित्त
विचार

मौलाउँदो अराजकताको चपेटामा लघुवित्त

Share
Share

विकास आचार्य 
बिहान कार्यालय पुग्दा नपुग्दै प्युठानको एउटा शाखामा कार्यरत शाखा प्रमुखको फोन आयो । सामान्य अभिवादन पछि उहाँले भन्नु भयो सर काम गर्ने वातावरण छैन, तराई तिरबाट एउटा समूह आएको छ दिनभर गाउँमा पसेर हाम्रा ऋणी सदस्यहरुसँग सदस्यता वापत रु. ५०० विना धितो कर्जा मिनाहा गराएको रु.१००० धितो कर्जा मिनाहा गराएको रु. २००० का दरले रकम असुल गरिरहेका छन् । दिन भर असुल गरेको रकमले बेलुका होटलमा रक्सी खाने गरेका छन यो प्रक्रिया तिनिहरुको दैनिकी बनेको छ । अघिल्लो महिनासम्म राम्रोसँग कर्जा तिरिरहेका ऋणीहरुले पनि कर्जा मिनाहा हुने लोभमा किस्ता तिर्न मानिरहेका छैनन । बाहिरबाट आएको समूहले कर्मचारीलाई कालोमोसो दल्ने कुटपिट गर्ने धम्की दिइरहेका छन । मैले तपाइँहरु बचेर काम गर्नुहोस परिस्थिती सधै यस्तै रहँदैन सालिनता पुर्वक कुरा गर्नेसंग मात्र छलफल गर्ने बुझाउने कोसिस गर्नुहोस भनेर फोन काटें ।

एक छिनमा महेन्द्रनगरमा रहेको अर्को शाखामा कार्यरत शाखा प्रमुखको फोन आयो उहाँले त्यस्तै व्यथा सुनाउनु भयो सर आज एउटा फोन आयो भोलि देखी कार्यालय नखोल्नु ज्यानको माया नभए मात्र खोल्नु हामी कार्यालय तोडफोड गर्छौं । कसैसँग किस्ता नमाग्नु म……. पार्टीको मान्छे बोलेको भनेर धम्कायो । मैले सचेत रहनु होला अफिस आए भने संवाद गर्नु अराजकता देखाए तपाईहरु जोगिनु भन्ने सुझाव दिएँ ।

धनगढी नजिकै रहेको अर्को शाखाको शाखा प्रमुखको फोन आयो उहाँले त्यस्तै समस्या सुनाउनु भयो सर हामिले सञ्चालन गर्ने समूहको बैठकमा एकाएक ३ जना अपरिचित मानिसहरु आए किस्ता नतिर्नु, बैठक सञ्चालन नगर्नु गरेमा हामी कालो मोसो दल्छौं ज्यानको माया छैन भने बैठक सञ्चालन गर्नआउनु भने । किस्ता तिरेका ऋणीहरुको पैसा कर्मचारीको हातबाट खोसेर ऋणीहरुलाई नै फिर्ता दिए नतिर्नु भनि ऋणीहरुलाई समेत धमकाए हामि मिनाहा गरिदिन्छौ तिर्नु पर्दैन भन्दै मिनाहा गराइदिने भन्दै ऋणीसँग रकम असुले हामी बचेर आयौं । अफिस आएर समूहको अध्यक्षलाई फोन गर्याै उहाँले तपाईहरु फिल्ड नआउनुस हामि अफिस मै ल्याइ दिन्छौं भन्नु भएको छ । मैले रेडिमेड जस्तै कुरा गरें तपाईहरु बचेर काम गर्नुहोला, सचेत रहनु होला सधै परिस्थिति यस्तै रहँदैन ।

यति सुनेपछि हतासिदै गुलरिया शाखामा फोन गरें शाखाको हालखबर बुझ्ने इच्छा प्रकट गरें उहाँले सुनाउनु भयो सर एक जना स्वघोषित सामजिक अभियान्ता…. आए पछि संघर्ष समिति बनाएका छन रे कुनकुन वित्तीय संस्थाको शाखा प्रमुखलाई पहिला कारवाही गर्ने भनेर लिस्ट बनाएका छन रे त्यसमा मेरो नाम पनि छ भन्ने सुनेको छु । मैले तपाइलाई कस्ले जानकारी दियो तपाइको नाम पनि छ भन्ने भनेर प्रति प्रश्न गरें । हाम्रा असल ऋणी तथा सदस्यहरुले भन्नु भएको भन्ने जानकारी गराउनु भयो । मैले कस्ता मान्छे छन संघर्ष समितिमा भनेर सोधें । उता बाट जवाफ आयो कोही दुई चार पटक जेल परेर निस्किएका कोही दलका कार्यकर्ताहरु छन् । खासमा तिनिहरु ऋणी होइनन् भन्ने जवाफ प्राप्त भयो ।

लामो सास फेरेर एकछिन मोबाइल निकालेर स्क्रोल गरें समाचार देखियो जाजरकोटमा अज्ञात समूहबाट एनआइसी एशिया लघुवित्तको कर्मचारीलाई कालो मोसो दलियो फिल्डबाट संकलन गरेर ल्याएको रकम समेत लुटियो । अलिकती अरु स्क्रोल गर्दा अर्को भाइरल भिडियो देखियो एक जना स्वघोषित सामजिक अभियान्ताको भाषण बैंक वित्तीय संस्थाका कर्मचारीलाई कालो मोसो दल्नुस, कुटपिट गुर्नस भन्दै गरेको । 

दुई चारदिन अगाडि मात्र एउटा समाचार पढको थिएं काठमाडौमा दिन दहाडै मोबाईल पसल लुटियो । देशमा उदण्ड र अराजकताले सीमा नाघेको छ यि प्रतिनिधि उदाहारण मात्र हुन ।  

एउटा उदण्ड समूह लघुवित्त संस्थाहरुको विरोध गर्ने, कर्जा मिनाहा गराई दिन्छौ भन्दै रकम असुलि गरेर खाने गरेको छ । यसको पछाडि केही मिटरव्याजी र स्थानीय साहुमहाजनको समेत सहयोग र संलगनता रहेको सजिलै अनुमान गर्न सकिन्छ ।

देशमा उदण्डता अराजकता मौलाइरहेको छ, राज्यले शान्ति सुरक्षाको प्रत्याभुति गर्न सक्दैन मुकदर्शक बनेर हेरिरहेको छ । कतिपय राजनैतिक दलकाहरुले भोट बैंकको रुपमा लाभ लिने र चुनावमा परिचालन गर्ने उद्धेश्यले उदण्डहरुको समूहलाई समर्थन जनाइरहेका छन । अस्थिर राजनैतिक व्यावस्था र राज्यहिनताको लाभ लिने प्रवृत्ति दलहरुको पुरानै भएपनि यो स्तरको नैतिक च्युत भएको महसुस मुलुकले गरेको थिएन । 

देशको चौथो अङ्ग भनेर चिनिने पत्रकार, देशको मुलधारका मिडिया र युटुबरहरुले तथ्यहिन र भ्रामक समाचार सम्प्रेषण गरी रहेकाछन् । यिनिहरुको आफ्नै स्वार्थ छ भाइरल हुने, हो हल्ला गर्ने र धमिलो पानीमा माछा मार्ने । नियामक निकाय नेपाल राष्ट्र बैंकले ग्रामिण अर्थतन्त्रको मेरुदण्डको रुपमा सर्व स्वीकार्य लघुवित्त संस्थाहरुको समुचित संरक्षण गर्न सकिरहेको छैन ।

ग्रामिण किसान, महिला, बिपन्न, देशको दूरदराजमा बस्ने पिछडिएको वर्ग, बैंक वित्तीय संस्थाको पहुँच नभएका व्यक्तीहरुलाई वित्तीय रुपमा साक्षर बनाई, व्यावसायिक सिप सिकाउँदै सानो सानो कर्जा प्रवाह गरी व्यावसायिक बनाई बिपन्न परिवारको जिवनस्तर उकास्ने पवित्र उद्धेश्य बोकेर लघुवित्त संस्थाहरु स्थापना भएका हुन । लघुवित्त संस्थाले ठुला वाणिज्य बैंक र होलसेल लेन्डर कम्पनी मार्फत कर्जा लिएर गरिब तथा विपन्न परिवारको घर दैलोमा पुगेर वित्तीय सेवा प्रदान गर्नु पर्ने भएको हुँदा आफुले लिएको ऋणको प्रचलित व्याजदर अनुसारको व्याज तिर्नुपर्ने र घर दैलोमा पुगेर सेवा दिनुपर्ने भएकोले स्वभाविक रुपमा लागत बढ्न जाने हुँदा व्याजदर बढी हुनु स्वभाविक छ । यधपी नेपाल राष्ट्र बैंकले १५ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने र १.५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ जुन अहिलेको प्रचलित बजारको व्याजदरको औषत हो भने अन्य दक्षिण एसियाली मुलुकहरुको भन्दा सस्तो हो । यसलाई महँगो भन्नु पर्ने कुनै कारण छैन । सानो आकारको कर्जा र व्याजदरको सीमा तोकिएकाले आम्दानी समेत सानै हुने हुँदा लघुवित्तहरुमार्फत मात्र वित्तीय साक्षरता र व्यावसायिक सीपको बिकास गराउनु आफैमा कठिन काम हुन्छ । त्यसकारण लघुवित्तको एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन यसमा राज्यको सहयोग समेत आवश्यक पर्छ । 

बंगलादेशबाट सुरुवात भएको लघुवित्त कार्यक्रमको ग्रामिण मोडेल विश्वका धेरै मुलुकमा गरिबी निवारणको महत्वपूर्ण औजारको रुपमा स्थापित छ । बंगलादेशमा लघुवित्तहरुले गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याएकाछन् । यसरी सफलता प्राप्त गर्न सक्नुको मुख्य कारण भनेकै लघुवित्त मैत्री नीति र राज्यको सहयोग नै हो, जुन नेपालमा प्रयाप्त छैन ।

त्यसो त नेपालमा लघुवित्तहरुले केही गर्न नसकेको भन्ने आरोप मिथ्या हो । हजारौं परिवारले लघुवित्तको कर्जा मार्फत व्यावसायिक सफलता प्राप्त गरेका उदाहारण छन् । अहिलेको स्तरको बोल्न सक्ने लघुवित्तहरुले नै बनाएका हुन । हात समाएर आमा, दिदी–बहिनीहरुलाई लेख्न सिकाउने र वित्तीय रुपमा समेत साक्षर बनाउने काम विगत तीस बर्षदेखि लघुवित्तले गर्दै आएका छन । देशको ग्रमिण अर्थतन्त्र चलायमान बनाउन, परम्परागत कृषि तथा पुख्र्यौली पेशा गरिरहेका व्यक्तीहरुलाई व्यावसायिकरण गर्न, महिला सशक्तिकरण गर्न, ग्रामिण बिपन्न व्यक्तीहरुको जीवन स्तर सुधार गर्न, साहुमहाजनको चर्को व्याजदरको चंगुलबाट मुक्ति दिलाउन लघुवित्तको अपरिहार्यतालाई नकार्न सकिदैन । नेपाल जस्तो विकासोन्मुख देशमा लघुवित्त मार्फत संबृद्धि संभव छ । उदण्डता र अराजकतालाई निरुत्साहन गरौं । राज्यले लघुवित्त कार्यक्रमको मर्म अनुसार संरक्षणको नीति र लघुवित्त मैत्री वातावरण सिर्जना गरोस । देशमा शान्ति सुरक्षा अमन चयन कायम गरी नागरिकले आफ्नो पेशा व्यावसाय गर्न सकुन सम्बन्धित निकायको ध्यान पुगोस ।

लेखक विकास आचार्य लघुवित्तकर्मी हुन्  । 

All banking information at your fingertips

📎 Attached Document

📄 Attached File: document_11_मलउद_अरजकतक__चपटम_लघ.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

विशेष सम्पादकीय – प्रधानमन्त्री राजीनामासँगै छानविनको घेरामा पर्नुपर्छ

प्रधानमन्त्री राजीनामासँगै छानविनको घेरामा पर्नुपर्छ काठमाडौंमा सोमबार घटेको रक्तपातले सम्पूर्ण राष्ट्रलाई स्तब्ध...

घट्दो ब्याजदर र कर्जा प्रवाहको असन्तुलन

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर उल्लेखनीय रुपमा घटाएका छन ।...

किन घटाइरहेका छन बैंकहरूले ब्याजदर ?

बैंकको खबर । बैंकहरूले ब्याजदर घटाउनुको मुख्य कारण भनेको बजारमा निक्षेप बढी...

वित्तीय सुरक्षा र वातावरणीय जिम्मेवारीको संयोजनः नबिल बैंकको ‘नबिल दिगो बचत खाता’

बैंकको खबर । आजको आधुनिक युगमा व्यक्तिगत, पारिवारिक र ब्यावसायिक आर्थिक व्यवस्थापनका...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies