काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब सात खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई छ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ बराबर विप्रेषण आप्रवाह भएको छ ।

Leave a comment