बैंकको खबर । सालपा विकास बैंकको आईपीओ बाँटफाँट भएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ आज (शुक्रबार) बाँडफाँट गरेको हो।
बैंकले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री निष्काशन गरेको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्काशन गरेको थियो।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कुल ६७ हजार ६५५ जनाले ११ लाख ११ हजार ५२० कित्ता शेयरका लागि आवेदन परेकोमा ६७ हजार ६३७ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बैंकको आईपीओ बाँडफाँट गरिएको छ। जसमध्ये १७ हजार २३८ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । जसमध्ये ८ जना आवेदकले थप १ कित्ता शेयर अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।

Leave a comment