काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
पुस ३ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

Leave a comment