बैंकको खबर । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

Leave a comment