काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलाको २ हजार रुपैयाँ घटेको छ ।
सुन तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले घटेर ४००५ रुपैयाँ कायम भएको छ । हिजो बिहीबार चाँदी तोलाको ४०८० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a comment