काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ ।
आज बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले निर्णय गरेको बताएका छन् ।
शेरबहादुर नेतृत्वको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय नमान्ने बताएका छन् । उनले सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै आयोगको निर्णय आफूहरुले खारेज गरेको बताएका छन् । उनले आयोगले षड्यन्त्रपूर्ण निर्णय गरेको आरोप लागएका छन् ।
उनले अब आफूहरु वैधानिक र राजनीतिक लडाई लड्ने बताए । ।

Leave a comment