काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आगामी मंगलबार बाँडफाँट गरिने भएको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ माघ ६ गते मंगलबार बाँडफाँट गरिने जनाएको छ ।
लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ३० प्रतिशत कायम गर्न पुस २१ गतेदेखि एफपीओ निष्काशन गरेको थियो । जसमध्ये २३ लाख ४५० जनाले आवेदन परेको छ ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९:२५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गरेको हो ।
लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरेको थियो । आवेदन दिएका मध्ये ४६ हजार ६८२ जनाले १०/१० कित्ताका दरलले शेयर पाउने हुनाले बाँकीको हात खाली हुने भएको छ ।काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आगामी मंगलबार बाँडफाँट गरिने भएको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ माघ ६ गते मंगलबार बाँडफाँट गरिने जनाएको छ ।
लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ३० प्रतिशत कायम गर्न पुस २१ गतेदेखि एफपीओ निष्काशन गरेको थियो । जसमध्ये २३ लाख ४५० जनाले आवेदन परेको छ ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९:२५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गरेको हो ।
लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरेको थियो । आवेदन दिएका मध्ये ४६ हजार ६८२ जनाले १०/१० कित्ताका दरलले शेयर पाउने हुनाले बाँकीको हात खाली हुने भएको छ ।

Leave a comment