काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १० हजार ४ सयले बढेर तोलाको २ लाख ९५ हजार १०० मा कारोबार भइरहेको छ । जुन अहिलेसम्मको उच्च मूल्य हो । मंगलबार सुन तोलाको २ लाख ८४ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ४० रुपैयाँले बढेर तोलाको ५९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a comment